हुम्लाका विद्यार्थी अझै तुइनबाट कर्णाली तर्दै, पुलको आश्वासनमा वर्षौँ बिते

हुम्लाका विद्यार्थी अझै तुइनबाट कर्णाली तर्दै, पुलको आश्वासनमा वर्षौँ बिते

यतिबेला सामाजिक सञ्जालमा 'हेर्ने कथा'को एउटा क्लिप भाइरल भइरहेको छ, जहाँ प्रस्तोता विद्या चापागाईं विद्यार्थीहरूसँग तुइनबाट कर्णाली नदी तर्दा डराएको र भावुक भएको देखिन्छ।

हुम्लाको उक्त दृश्यले त्यहाँका विद्यार्थीले विद्यालय जानसमेत कति जोखिम मोल्नुपरेको छ भन्ने देखाएको छ। स-साना विद्यार्थीहरू दैनिक तुइनको सहारामा कर्णाली वारिपारी गर्न बाध्य छन्। स्थानीयका अनुसार नेताहरूले पटक-पटक पुल बनाइदिने आश्वासन दिएर चुनावमा भोट माग्ने गरे पनि चुनावपछि फर्केर नआउने र पुल निर्माण नहुँदा वर्षौँदेखि आफूहरूको दुःख उस्तै रहेको गुनासो छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP