गगनको नेतृत्वमा कांग्रेसको नयाँ अध्याय, आज पदाधिकारीका लागि प्रतिस्पर्धा

गगनको नेतृत्वमा कांग्रेसको नयाँ अध्याय, आज पदाधिकारीका लागि प्रतिस्पर्धा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा जारी छ। महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिलातर्फको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन्। 

महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन प्रक्रिया अघि बढिरहेको छ। खुला उपसभापति, समावेशी उपसभापति, महामन्त्रीलगायत विभिन्न पदमा समेत उम्मेदवारहरूबीच प्रतिस्पर्धा छ। 
यस महाधिवेशनलाई कांग्रेसको आगामी राजनीतिक दिशा, संगठनात्मक पुनर्संरचना र नेतृत्वको कार्यशैली निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। खुलामञ्चमा भइरहेको निर्वाचनले पार्टीभित्रको नेतृत्व र पदाधिकारी संरचनालाई नयाँ स्वरूप दिनेछ।

विश्वप्रकाश शर्मा र पुष्पा भुसालको निर्विरोध चयनसँगै पदाधिकारी तहमा सहमतिको एउटा सन्देश देखिए पनि सभापतिसहित अन्य पदमा भने निर्वाचनमार्फत प्रतिनिधिको निर्णय आउनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP