गुडिरहेको बोलेरो जिपमाथि पहिरो खस्यो

गुडिरहेको बोलेरो जिपमाथि पहिरो खस्यो

मुगुको छायाँनाथ रारा नगरपालिका-१२ स्थित सुनाता खोला नजिकै पहिरो खस्दा गुडिरहेको बोलेरो जिप पुरिएको छ।

बुधवार बिहान गमगढीबाट सुनातातर्फ गएर फर्किने क्रममा लु.प्र.००१०१ च १२११ नम्बरको बोलेरो जिपमाथि अचानक पहिरो खसेको प्रहरीले जनाएको छ। जिप विशाल खत्रीले चलाइरहेका थिए।

प्रहरीका अनुसार पहिरो खस्ने समयमा जिपमा कोही पनि सवार थिएनन्। समयमै सतर्कता अपनाइएकाले मानवीय क्षति हुनबाट जोगिएको हो। पहिरोले पुरिएको जिप निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP