नेपालकै पहिलो जम्बी फिल्म 'टनेल २६': अभिनेता अनुप विक्रम शाही भन्छन्-'दर्शकका लागि नयाँ र विशेष अनुभव हुनेछ'

नेपालकै पहिलो जम्बी फिल्म 'टनेल २६': अभिनेता अनुप विक्रम शाही भन्छन्-'दर्शकका लागि नयाँ र विशेष अनुभव हुनेछ'

काठमाडौँ । अभिनेता अनुप विक्रम शाहीले आउँदो असोज २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'टनेल २६' नेपाली फिल्म उद्योगकै पहिलो जम्बी फिल्म भएको बताएका छन्। नेपाली सिनेमामा अहिलेसम्म खासै नउठाइएको विषयवस्तुलाई यस फिल्ममा समेटिएको उनको भनाइ छ।

फिल्ममा हरर, मिस्ट्री, सस्पेन्स र थ्रिलरको बेजोड मिश्रण रहेकाले यस विधाका पारखी दर्शकका लागि यो फिल्म विशेष बन्ने अनुपले दाबी गरे।

'हामीले यसमा बिल्कुलै भिन्न कथा पस्कने प्रयास गरेका छौँ। यो जम्बी विधामा बनेको फिल्म हो,' अभिनेता शाहीले भने, 'नेपाली फिल्म उद्योगको इतिहासमा पहिलोपटक यस्तो प्रयास भएकाले हरर र थ्रिलर मन पराउने दर्शकलाई फिल्मले निराश बनाउने छैन।'

तीन देशको सहकार्य, डबिङबारे प्रष्टीकरण

भारत, भुटान र नेपालको संयुक्त सहकार्यमा निर्माण भएको यस फिल्मलाई कतिपयले ‘भुटानी फिल्म’ भनेर बुझेकोप्रति अनुपले स्पष्ट पारेका छन्। उनका अनुसार नेपालमा फिल्म नेपाली भाषामा, भुटानमा भुटानी भाषामा र भारतमा त्यहाँका भाषामा डब गरेर प्रदर्शन गरिनेछ।

'भाषा परिवर्तन हुँदैमा फिल्मको पहिचान बदलिँदैन,' उनले थपे, 'हामीले धेरै भारतीय फिल्म पनि नेपालीमा डब गरेर हेर्छौँ तर त्यो भारतीय फिल्म नै रहन्छ। त्यसैले नेपालमा नेपाली भाषामै रिलिज हुने भएकाले यो हाम्रै नेपाली फिल्म हो।'

वास्तविक टनेलमा सुटिङको सकस

फिल्मको छायांकन वास्तविक टनेलभित्र गर्दा निकै कठिन र चुनौतीपूर्ण अनुभव भएको अनुपले स्मरण गरे। तर, हालै सार्वजनिक टिजरले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रिया र उत्साहले छायांकनका बखत भोगेका सबै दुःख बिर्साएको उनले बताए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP