घरको छतमा जन्मदिन मनाइरहेका ७ जनालाई चट्याङ लाग्यो

घरको छतमा जन्मदिन मनाइरहेका ७ जनालाई चट्याङ लाग्यो

कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जन्नामा घरको छतमा जन्मदिन मनाइरहेका ७ जना चट्याङ लागेर घाइते भएका छन्।
प्रहरीका अनुसार सोमबार राति करिब साढे ९ बजे खुशीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला नजिकै चट्याङ परेको थियो। चट्याङको झिल्काले ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया सृष्टि चौधरी, ५५ वर्षीया बागमती चौधरी, ७ वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी घाइते भएका हुन्।
घाइते सबैलाई राति नै सेती प्रादेशिक अस्पताल लगिएको थियो। उनीहरूको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP