२ रुपैयाँका ३० करोड सिक्का छाप्दै राष्ट्र बैंक

२ रुपैयाँका ३० करोड सिक्का छाप्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चलनचल्तीका सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सिक्काको डिजाइन, टकमरी, आपूर्ति तथा ढुवानीका लागि पूर्व–योग्यता प्राप्त अन्तर्राष्ट्रिय सेक्युरिटी मिन्टिङ कम्पनीबाट बोलपत्र माग गरेको हो।बोलपत्र ‘एकल चरण, दुई खाम’ विधिबाट हुनेछ। इच्छुक कम्पनीले आगामी नोभेम्बर ३ सम्म बोलपत्र कागजात खरिद गर्न सक्नेछन् भने नोभेम्बर ४ गते दिउँसो १२ बजेसम्म बोलपत्र पेस गर्नुपर्नेछ।यसअघि आइतबार राष्ट्र बैंकले १ रुपैयाँ दरका ४० करोड थान सिक्का छाप्न पनि बोलपत्र आह्वान गरेको थियो। यससँगै दुई दिनमा कुल ७० करोड थान सिक्का छाप्ने प्रक्रिया अघि बढेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP