दसैँ-तिहारका लागि अग्रिम टिकट बुकिङ खुलाउने तयारी, यातायात विभागले बोलायो बैठक

दसैँ-तिहारका लागि अग्रिम टिकट बुकिङ खुलाउने तयारी, यातायात विभागले बोलायो बैठक

काठमाडौं । नजिकिँदै गरेका दसैँ, दीपावली र छठलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल गर्न यातायात व्यवस्था विभागले सरोकारवालाको बैठक बोलाएको छ।

विभागले सोमबार पत्र जारी गर्दै चाडपर्वका समयमा काठमाडौं उपत्यकाबाट बाहिरिने तथा बाहिरी जिल्लाबाट उपत्यका प्रवेश गर्ने यात्रुलाई सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न अग्रिम टिकट बुकिङबारे निर्णय गर्न बैठक बोलाएको हो।

विभागको सवारी अनुगमन, मापदण्ड तर्जुमा तथा सवारी चालक व्यवस्थापन शाखाकी अधिकृत प्रतिमा ढकालद्वारा हस्ताक्षरित पत्रअनुसार बैठक असोज २० गते मंगलबार बिहान ११ बजे मीनभवनस्थित विभागको सभा हलमा बस्नेछ।

बैठकमा प्रहरी प्रशासन, यातायात व्यवसायी तथा मजदुर संगठनका प्रतिनिधिहरूलाई सहभागी हुन विभागले पत्राचार गरेको छ।

बैठकबाट चाडपर्वका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि खुलाउने भन्ने विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP