चर्चामा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा विपद् व्यवस्थापनका काम निरन्तर भइरहेको बताएका छन्। सोमबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा बोल्दै प्रधानमन्त्री शाहले उपलब्ध स्रोतसाधन र जनशक्तिको अधिकतम परिचालन गरी विपद् व्यवस्थापनका कामलाई तीव्रता दिइरहेको बताएका हुन्।
उनले भोटेकोशी, त्रिशूली, गण्डकीलगायत क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको अध्ययन गरी आवश्यक व्यवस्थापनको काम अघि बढाइएको बताए। प्रभावित प्रदेशका मुख्यमन्त्रीहरूलाई सरकार विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको भन्दै ढुक्क रहन आग्रहसमेत गरेका छन्।
बैठकपछि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रदेश सरकारले खोज, उद्धार, उपचार तथा खाद्यान्न वितरणको काम सम्पन्न गरिसकेको र अब पुनर्निर्माण तथा पुनःस्थापनामा केन्द्रित हुनुपर्ने बताएका छन्।
उनले बाढीका कारण बगरमा परिणत भएका स्थानको सट्टा सुरक्षित तथा वैकल्पिक क्षेत्रमा नयाँ बस्ती विकास गर्नुपर्ने प्रस्ताव बैठकमा राखेको जानकारी दिए। उनका अनुसार नुवाकोटको विदुर नगरपालिका-२ स्थित लामिडाँडाको सामुदायिक वन क्षेत्र सुरक्षित र बसोबासयोग्य भएकाले त्यहाँ नयाँ बस्ती बसाल्न सिफारिस गर्ने तयारी छ।
बैठकमा सहभागी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद् प्रभावित परिवारलाई राहत वितरणमा देखिएका कानुनी जटिलता हटाउन सरकारलाई सुझाव दिएका छन्।
उनले रसुवा तथा भोटेकोशी क्षेत्रको बाढीको अवस्थालाई विशेष परिस्थितिका रूपमा लिएर आवश्यक कानुनी संशोधन गर्नुपर्ने धारणा राखेका छन्। साथै, विपद्सम्बन्धी विषयमा सांसदहरूले संसद्मा उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित हुनुपर्ने विषय आफूले पुनः स्मरण गराएको बताए।
काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!