बक्स अफिसमा 'झिँगेदाउ २' को राम्रो कमाइ, डेढ करोड नजिक

बक्स अफिसमा 'झिँगेदाउ २' को राम्रो कमाइ, डेढ करोड नजिक

काठमाडौँ । असोज २ गतेदेखि एकसाथ प्रदर्शनमा आएका तीन नेपाली फिल्ममध्ये 'झिँगेदाउ २' ले बक्स अफिसमा राम्रो आम्दानी गर्न सफल भएको छ।

चलचित्र विकास बोर्डको आधिकारिक 'सिनेमा : बक्स अफिस' ले सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार ‘झिँगेदाउ २’ ले हालसम्म १ करोड ४५ लाख ६० हजार ६१६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्मका ४७ हजार ९५८ टिकट बिक्री भएको रिपोर्टमा उल्लेख छ।

अघिल्लो शृङ्खलाको व्यावसायिक सफलतापछि दर्शकमाझ प्रतीक्षित बनेको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। फिल्ममा केकी अधिकारी, आँचल शर्मा, आर्यन सिग्देल र महेश त्रिपाठीलगायत कलाकारको मुख्य भूमिका छ।

कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको ब्यानरमा बनेको फिल्मका निर्माता सुलभ प्रतीक देउजा र समीक्षा देउजा हुन्। सोही मितिमा प्रदर्शनमा आएका 'कार्की साइँला’ र ‘माया बस्छ कि के हो !' भने अपेक्षित व्यापार गर्न नसकेपछि हलबाट उत्रिसकेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP