कांग्रेसमा उपसभापति र महामन्त्री ३/३ जना हुने

कांग्रेसमा उपसभापति र महामन्त्री ३/३ जना हुने

काठमाडौं । नेपाली कांग्रेसमा उपसभापति र महामन्त्रीको संख्या बढाएर ३/३ जना बनाइने भएको छ।

सोमबार खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले उपसभापति ३ जना र महामन्त्री ३ जना बनाउने निर्णय गरेको हो।

हाल कांग्रेसको विधानमा २ जना उपसभापति र २ जना महामन्त्री रहने व्यवस्था छ। विधान संशोधन गर्दै दुवै पदको संख्या एक-एक जना थपेर ३/३ पुर्‍याउने निर्णय केन्द्रीय समितिले गरेको हो।

केन्द्रीय समितिको निर्णय अब राजधानीमा जारी कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।

विधान संशोधनसँगै आगामी नेतृत्व संरचनामा उपसभापति र महामन्त्रीको संख्या बढ्ने भएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

दशैँ सकेर काठमाडौं फर्किनेको चाप बढ्यो, नाकामा भिडभाड
2 घण्टा अगाडि

काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...

छुटाउनुभयो कि ?

TOP