चर्चामा
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका-३ सखुवागाछीबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। काउली बोकेको ट्रकमा लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले २ हजार ५६६ किलो गाँजा बरामद गरेको हो।
गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा ना.७ ख १८२५ नम्बरको ट्रकबाट काउलीका बीचमा लुकाइएको ८३ बोरा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
घटनामा ट्रक चालक धनकुटाको सहिदभूमि गाउँपालिका-२ का ३३ वर्षीय राजु राई र १८ वर्षीय सहचालक सदीप राई पक्राउ परेका छन्।
प्रहरीले गाँजा, ट्रक र पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। उनीहरूविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ। गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ पुर्याउने योजना थियो भन्नेबारे थप अनुसन्धान भइरहेको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!