चर्चामा
जनकपुर । जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वरमा २० वर्षीया प्रियंका दासको शंकास्पद अवस्थामा मृत्यु भएको छ। उनको शव आइतबार साँझ आफ्नै सुत्ने कोठाको ओछ्यानमा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रियंकालाई सिलिङ पंखामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा उनका श्रीमान् बिनोद दासले देखेका थिए। उनले पासो खोलेर शवलाई ओछ्यानमा राखेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
घटनापछि स्थानीयले महिलाको हत्या भएको आशंका गर्दै रातिसम्म घरअगाडि विरोध प्रदर्शन गरेका थिए। घटनाको अनुसन्धानका लागि प्रहरीले मृतकका श्रीमान् बिनोदलाई नियन्त्रणमा लिएको छ।
हालसम्म शवको मुचुल्का उठाउने काम भएको छैन। मुचुल्कापछि शव पोस्टमार्टमका लागि पठाइने र पोस्टमार्टम रिपोर्ट तथा थप अनुसन्धानपछि घटनाको वास्तविकता खुल्ने प्रहरीले जनाएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!