चर्चामा
काठमाडौं । सगरमाथा प्रतिष्ठान नेपालले विभिन्न सामाजिक संघसंस्था तथा बालगृहहरूको सहकार्यमा राष्ट्रिय बाल दिवस एवं विजयादशमी-२०८३ को अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। 'सामाजिक संघसंस्थाबीचको एकता आजको आवश्यकता' भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइराला, पूर्व उपसभामुख एवं सांसद इन्दिरा रानामगर, वरिष्ठ राजनीतिज्ञ एनके प्रसाईं, समाजसेवी राजन घिमिरे, पारस पोखरेललगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रममा हालैको भोटेकोसी बाढीबाट प्रभावित बालबालिकाको उचित व्यवस्थापनमा राज्यको दायित्व तथा बालगृह एवं सामाजिक संघसंस्थाको भूमिकाबारे बृहत् अन्तरक्रिया गरिएको थियो। देशभरबाट सहभागी बालगृह सञ्चालक तथा सामाजिक क्षेत्रका विज्ञहरूले सरकार सामाजिक संस्थाप्रति थप सकारात्मक हुनुपर्ने, नियम-कानुनअनुसार सञ्चालन भइरहेका संस्थालाई सहजीकरण र सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए।
प्रमुख अतिथि नारायणप्रसाद दाहालले बालगृहहरूले समाज र राष्ट्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै सरोकारवाला निकायसँग छलफल गरी आवश्यक कानुनी सुधार तथा परिमार्जनका लागि पहल गर्ने विश्वास व्यक्त गर्नुभयो।
पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सरकार एक्लैले देश सञ्चालन गर्न नसक्ने भन्दै सामाजिक संस्थालाई तर्साउने नभई विश्वासमा लिएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा सामाजिक तथा विशेषगरी बालबालिकाको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका व्यक्ति तथा संस्थालाई ‘राष्ट्रिय सामाजिक सेवा सम्मान-२०८३' बाट सम्मान गरिएको थियो। सम्मानित हुनेमा पारिजात बचेरा बास, आमा घर, रिमा सेवा समाज, सिद्धि मेमोरियल फाउन्डेसन, एसओएस बालग्राम, घरसित मुटु, उन्नति फाउन्डेसन, सेड द लाइट, गणेश अपाङ्ग नवजीवन, नेपाल बाल सदन, जेन्टल हर्ट फाउन्डेसन, माया घर, राजन घिमिरे, सुवर्ण केसरी चित्रकार, सावित्री पोखरेल, बाल मन्दिर, अन्तर्दृष्टि, सहारा बालगृह, पुनर्बल प्लस, अपाङ्ग सेवा संघ आशा केन्द्र, फर्वाड लुकिङ, शिक्षाका लागि समाज नेपाल, न्यू बाल गृह, सुनौलो पाइला बाल गृह, सगरमाथा असहाय सेवालगायत रहेका थिए।
कार्यक्रमको उद्घोषण Raid Media की अध्यक्ष तथा गायिका विष्णुमाया पौडेलले अत्यन्तै कुशल र प्रभावकारी ढंगले गर्नुभएको थियो। कार्यक्रमको संयोजन सगरमाथा प्रतिष्ठान नेपालका महासचिव भारत ढकालले गर्नुभएको थियो।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!