गगनको अभिव्यक्तिपछि बालेनको व्यंग्य : 'धन्न खुलामञ्च राम्रो बनाइएछ'

गगनको अभिव्यक्तिपछि बालेनको व्यंग्य : 'धन्न खुलामञ्च राम्रो बनाइएछ'

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा आफूविरुद्ध भएको आलोचनापछि प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक प्रतिक्रिया दिएका छन्। आइतबार काठमाडौंको खुलामञ्चमा कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सभापति गगन थापाले प्रधानमन्त्री शाह संसद्मा उपस्थित नभएको विषय उठाउँदै आलोचना गरेका थिए। उनले प्रधानमन्त्रीको उपस्थितिबिना संसद् खुला भएको मान्न नसकिने भन्दै संसद्मै 'खुलामञ्च'आवश्यक रहेको बताएका थिए।

त्यसको जवाफमा प्रधानमन्त्री शाहले फेसबुकमा लेखेका छन्, 'धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !' उनको यो टिप्पणी कांग्रेस सभापति थापाको अभिव्यक्तिप्रति लक्षित व्यंग्यका रूपमा सार्वजनिक भएको छ। थापाले खुलामञ्चलाई केवल सभा गर्ने ठाउँका रूपमा नभई फरक विचार, असहमति र संवादको साझा थलोका रूपमा व्याख्या गरेका थिए। उनले संसद्, राजनीतिक दल र समाजमा समेत नागरिकले प्रश्न गर्न र आफ्ना विचार राख्न पाउने वातावरण आवश्यक रहेको बताएका थिए।

प्रधानमन्त्री शाहको टिप्पणीपछि सामाजिक सञ्जालमा समेत विभिन्न प्रतिक्रिया देखिएका छन्। केहीले बालेनको भनाइलाई राजनीतिक व्यंग्यका रूपमा लिएका छन् भने केहीले सार्वजनिक मञ्चमा सरकारको आलोचना गर्न पाउनु लोकतान्त्रिक अभ्यास भएको भन्दै प्रधानमन्त्रीको टिप्पणीमाथि प्रश्न उठाएका छन्।

यता, खुलामञ्चको स्तरोन्नति र व्यवस्थापनको विषय पनि प्रधानमन्त्री शाहको टिप्पणीसँग जोडिएको छ। काठमाडौं महानगरपालिकाको नेतृत्वमा रहँदा शाहले खुलामञ्च व्यवस्थित बनाउने काम अघि बढाएका थिए। लामो समय बन्द रहेको खुलामञ्चमा कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन कार्यक्रम आयोजना गरेपछि यसको राजनीतिक र प्रतीकात्मक महत्वबारे समेत चर्चा भइरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

दशैँ सकेर काठमाडौं फर्किनेको चाप बढ्यो, नाकामा भिडभाड
2 घण्टा अगाडि

काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...

छुटाउनुभयो कि ?

TOP