कोरियाबाट ४ दिनपछि नेपाल फर्कने तयारीमा रहेका भोजपुरका राईको सुतेकै अवस्थामा मृत्यु

कोरियाबाट ४ दिनपछि नेपाल फर्कने तयारीमा रहेका भोजपुरका राईको सुतेकै अवस्थामा मृत्यु

दक्षिण कोरियामा रोजगारीका लागि पुगेका भोजपुरका एक नेपाली युवकको सुतेकै अवस्थामा मृत्यु भएको छ। मृत्यु हुनेमा भोजपुरको हतुवागढी गाउँपालिका-५ का २९ वर्षीय मिकाक राई रहेका छन्। राई करिब ४ वर्ष १० महिनाअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया पुगेका थिए। पहिलो कार्यकाल पूरा गरेर नेपाल फर्कने तयारीमा रहेका उनले चार दिनअघि नै टिकट काटिसकेका थिए। उनी अक्टोबर ८ मा नेपाल फर्किने तयारीमा थिए।

मोक्पोमा कार्यरत राई राति काम सकेर कोठामा फर्किएपछि एसी चलाएर झ्याल-ढोका बन्द गरी सुतेका थिए। भोलिपल्ट काममा नआएपछि सहकर्मी कोठामा पुग्दा उनी मृत अवस्थामा भेटिएका थिए। उनको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। पोस्टमार्टमपछि मात्रै मृत्युको वास्तविक कारण पुष्टि हुने बताइएको छ। सहकर्मीका अनुसार केही महिनाअघि राईलाई अनुहारको प्यारालाइसिस भएको थियो र उनी औषधि सेवन गरिरहेका थिए। उनले पुनः कोरिया प्रवेश गरी कमिटेड कामदारका रूपमा काम गर्ने तयारीसमेत गरेका थिए र त्यसका लागि कम्पनीबाट आवश्यक कागजात मिलाइसकेका थिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP