चर्चामा
काठमाडौँ। समाजसेवी अर्जुन भुसालले करिब १३-१४ वर्षकी एक नानीको उद्धार गर्नुभएको छ। गम्भीर मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएकी बताइएकी ती नानीले आफ्नो नाम, घरको ठेगाना तथा परिवारका सदस्यबारे स्पष्ट जानकारी दिन सक्ने अवस्थामा नरहेको जनाइएको छ।
हाल नानीको परिवार पहिचान गरी सुरक्षित रूपमा परिवारजनसम्म पुर्याउनुका साथै आवश्यक स्वास्थ्य उपचार, हेरचाह र सुरक्षित वातावरण उपलब्ध गराउनु प्राथमिक आवश्यकता देखिएको छ।
उद्धारकर्ताले नानीलाई चिन्ने वा उनको परिवारबारे जानकारी हुने व्यक्तिलाई सम्बन्धित समाजसेवीसँग सम्पर्क गर्न आग्रह गरेका छन्। साथै, परिवारसम्म सूचना पुग्न सक्ने भएकाले यो जानकारी सकेसम्म धेरै शेयर गरिदिन अनुरोध गरिएको छ।
तपाईंको एउटा शेयरले नानीको परिवार पहिचान गर्न र उनलाई सुरक्षित रूपमा आफ्ना प्रियजनसम्म पुर्याउन महत्वपूर्ण सहयोग पुग्न सक्छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!