बेलबारी-४ को घरबाट लाखौँको गहना र नगद चोरी

बेलबारी-४ को घरबाट लाखौँको गहना र नगद चोरी

बेलबारी । मोरङको बेलबारी नगरपालिका-४ ईमानसिंह चौकस्थित एक घरबाट लाखौँ रुपैयाँ मूल्य बराबरका सुनचाँदीका गहना र नगद चोरी भएको छ। विष्णुबहादुर तामाङको घरबाट करिब १६ लाख ५० हजार रुपैयाँ बराबरको सुनका गहना, ४० तोला चाँदीको हार र ७५ हजार रुपैयाँ नगद चोरी भएको उनका छोरा उमेश घिसिङले जानकारी दिएका छन्। चोरीमा ४ तोला सुनको चुरा, १ तोला सुनको तिलहरी र ८ आना सुनको औँठी रहेको बताइएको छ।

घरधनीसहित घर रेखदेखका लागि बसेकी चित्रकुमारी सेन्चुरीसमेत भदौ १२ गते घरमा ताला लगाएर खेतीको कामका लागि अन्यत्र गएका थिए। असोज १६ गते घर फर्किएर हेर्दा पछाडिपट्टिको ग्रिल फुटाएर घरभित्र प्रवेश गरी चोरी भएको पाइएको हो। घटनाबारे बिमला घिसिङले इलाका प्रहरी कार्यालय बेलबारीमा निवेदन दिएकी छन्। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP