चर्चामा
काठमाडौँ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एआईबाट बनाइएको गोहीको तस्वीरले सिंगापुरमा केही समयका लागि हंगामा मच्चाएको छ। तस्वीर वास्तविक ठानेपछि अधिकारीहरू सम्भावित गोहीको खोजीमा जुटेका थिए।तस्वीरमा देखिएको गोही निकै वास्तविकजस्तै देखिएपछि स्थानीयस्तरमा त्यसबारे चासो बढेको थियो। सम्भावित जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले उक्त स्थान आसपास खोजी थालेका थिए।तर पछि अनुसन्धान गर्दा तस्वीर वास्तविक गोहीको नभई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट तयार गरिएको खुलेको हो।
घटनाले एआई प्रविधिबाट तयार हुने तस्वीर तथा भिडियो कति वास्तविकजस्तो देखिन सक्छन् भन्ने विषयलाई फेरि चर्चामा ल्याएको छ। सामाजिक सञ्जालमा फैलिएका असामान्य तस्वीर तथा भिडियो तत्काल विश्वास नगरी स्रोत र तथ्य जाँच गर्नुपर्ने आवश्यकता पनि यस घटनाले देखाएको छ।पछिल्लो समय एआईको प्रयोगबाट वास्तविकजस्तै देखिने जनावर, दुर्घटना, प्राकृतिक विपत्ति तथा अन्य घटनाका तस्वीर र भिडियो तयार भइरहेका छन्। यस्ता सामग्रीको गलत प्रयोगले भ्रम र अनावश्यक त्राससमेत फैलाउन सक्ने भएकाले डिजिटल सामग्रीको सत्यता परीक्षण गर्न विज्ञहरूले सुझाव दिँदै आएका छन्।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!