चर्चामा
काठमाडौँ । नेपाल–चीनबीचको उत्तरी व्यापारिक नाका प्रभावित भइरहेका बेला चीनले मुस्ताङको कोरला नाकालाई अन्तर्राष्ट्रिय व्यापारिक नाकाका रूपमा विकास गर्ने प्रस्ताव अघि सारेको छ। नेपालले भने तत्काल तातोपानी नाका पुनः सञ्चालन गर्न चिनियाँ पक्षसँग आग्रह गरिरहेको छ।बाढीपहिरोका कारण रसुवागढी–केरुङ, तातोपानी र कोरला तीनवटै प्रमुख नाका प्रभावित भएपछि चीनबाट हुने स्थलमार्गको व्यापारमा ठूलो अवरोध आएको छ। दशैं–तिहार नजिकिँदै गर्दा आयातित सामानको आपूर्ति प्रभावित हुने भन्दै नेपालले तातोपानी नाका खोल्न कूटनीतिक पहल तीव्र बनाएको हो।नेपाली अधिकारीहरूका अनुसार तातोपानीतर्फको अरनिको राजमार्गको नेपाली खण्डमा अहिले ठूलो अवरोध नरहेको स्थलगत निरीक्षणबाट देखिएको छ। त्यसैले चिनियाँ पक्षबाट औपचारिक अनुमति प्राप्त भए नाका पुनः सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ।चीनले कोरलालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा विकास गर्न सकिने प्रस्ताव गरे पनि हिउँदमा हिमपातका कारण केही महिना व्यापार प्रभावित हुने र ढुवानी लागत बढी पर्ने चुनौती रहेको नेपाली अधिकारीहरूले बताएका छन्।नेपालले भने तातोपानीलाई तुलनात्मक रूपमा सहज र कम दूरीको व्यापारिक मार्ग भन्दै पुनः सञ्चालनलाई प्राथमिकता दिएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!