चर्चामा
फ्लाईदुबईका भारतीय क्याप्टेन स्मित मच्छरले ककपिटमा सहपाइलटको आक्रमणपछि आफूले यात्रुहरूको ज्यान जोगाउन संघर्ष गरेको बताएका छन्। घाइते अवस्थामा समेत उनले ककपिटको ढोका खोल्न सफल भएपछि यात्रुहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए।दुबईबाट तेल अभिभतर्फ उडेको FZ1073 विमानमा सहपाइलटले क्याप्टेनमाथि चक्कु प्रहार गरेको र विमान तीव्र गतिमा तल झरेको थियो। विमानमा १८२ जना सवार थिए।क्याप्टेन मच्छरले अस्पतालबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडियो कुराकानीमा आफू घाइते भएर भुइँमा लडेको अवस्थामा पनि ककपिटको ढोका खोल्न अन्तिम प्रयास गरेको बताए। विमानलाई पछि साउदी अरबको तबुक विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो।घटनाको उद्देश्यबारे अनुसन्धान जारी रहे पनि आक्रमणकारी साउदी अरबमा पक्राउ परिसकेको जनाइएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!