चर्चामा
काठमाडौं । इसेवाले विद्युतीय स्कुटर खरिदका लागि २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा उपलब्ध गराउने भएको छ। कम्पनीले रिलायन्स फाइनान्स र परिमिता इन्भेष्टमेन्टसँगको सहकार्यमा 'बाइ नाउ, पे लेटर'सेवा सार्वजनिक गरेको हो।
यस सुविधामार्फत ग्राहकले परिमिताका विद्युतीय स्कुटर खरिद गर्दा इसेवा एपबाटै कर्जाका लागि आवेदन दिन सक्नेछन्। रिलायन्स फाइनान्सले अधिकतम २ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउनेछ।
कर्जाको ब्याजदर ९.९९ प्रतिशत तोकिएको छ भने ग्राहकले कर्जा रकम अधिकतम ३६ महिनासम्मको किस्तामा भुक्तानी गर्न सक्नेछन्।
कम्पनीका अनुसार कर्जा प्रक्रियाका लागि आवश्यक काम इसेवा एपबाटै डिजिटल रूपमा पूरा गर्न सकिनेछ। यसले स्कुटर खरिद गर्दा एकैपटक ठूलो रकम तिर्नुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ।
कम्पनीले नयाँ सेवाले डिजिटल वित्तीय पहुँच विस्तारसँगै विद्युतीय सवारीको प्रयोग बढाउन र वातावरणमैत्री यातायात प्रवर्द्धनमा समेत सहयोग पुग्ने जनाएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!