चर्चामा
काठमाडौं । लामो समयदेखि सामाजिक सञ्जालमा आलोचना र ट्रोलको सामना गर्दै आएका विजय शाहीले स्मरणशक्तिको क्षेत्रमा तेस्रोपटक गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र प्राप्त गरेका छन्। यससँगै उनको नाममा तीनवटा विश्व कीर्तिमान कायम भएका छन्।
गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार शाहीले एक मिनेटमा सबैभन्दा धेरै वस्तुको क्रम सम्झिने विधामा ७० वटा वस्तु सही क्रममा स्मरण गरेर नयाँ कीर्तिमान बनाएका हुन्।
यसअघि यही विधामा डा. नवल पजियारले सन् २०२० मा ५४ वटा वस्तु स्मरण गर्दै अर्पण शर्माको गिनिज रेकर्ड तोडेका थिए। पजियारले सन् २०२२ मा आफ्नै रेकर्ड सुधार गर्दै ५९ वटा वस्तु स्मरण गरेका थिए। अहिले शाहीले ७० वस्तु स्मरण गरेपछि उक्त रेकर्ड आफ्नो नाममा बनाएका हुन्।
शाहीको गिनिज यात्राको सुरुवात सन् २०२१ मा भएको थियो। उनले एक मिनेटमा १५० वटा 'नन-बाइनरी' अंक स्मरण गर्ने विधामा पहिलो गिनिज रेकर्ड बनाएका थिए। यसको प्रमाणपत्र भने लामो प्रक्रियापछि सन् २०२६ अगस्टमा प्राप्त भएको उनको भनाइ छ।
त्यसपछि सन् २०२५ अक्टोबरमा उर्ध्व पद्मासनमा २७ मिनेट ३ सेकेन्ड बसेर उनले दोस्रो गिनिज रेकर्ड बनाएका थिए। उक्त विधामा यसअघि २० मिनेट ३६ सेकेन्डको रेकर्ड थियो।
तेस्रो कीर्तिमानसँगै शाहीले आफ्नो चौथो विश्व कीर्तिमानको तयारी भइरहेको संकेत गरेका छन्। पछिल्लो समय उनी मेमोरी प्रशिक्षक तथा प्रदर्शनकर्ताका रूपमा समेत सक्रिय छन्। काठमाडौंमा ‘मेमोरी किङ अफ इन्स्टिच्युट’ सञ्चालन गर्दै उनले विद्यार्थीलाई स्मरणशक्ति बढाउने प्रविधि सिकाउँदै आएका छन्।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!