परीक्षामा पास गराइदिने प्रलोभन देखाएको आरोपमा रामेछापमा शिक्षक पक्राउ

परीक्षामा पास गराइदिने प्रलोभन देखाएको आरोपमा रामेछापमा शिक्षक पक्राउ

रामेछाप । परीक्षामा पास गराइदिने प्रलोभन देखाई १३ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा रामेछापमा एक शिक्षक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका-४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका-५ मा बस्दै आएका ४८ वर्षीय नवराज भण्डारी रहेका छन्।

प्रहरीका अनुसार विद्यालयमा अध्यापन गराउँदै आएका भण्डारीले परीक्षामा पास गराइदिने प्रलोभन देखाउँदै नाबालिका छात्रामाथि अनुचित व्यवहार गरेको आरोप छ। त्यस्तै, सामाजिक सञ्जालमार्फत अश्लील सामग्री तथा सन्देश पठाएर पटक-पटक यौनजन्य गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले भण्डारीलाई बुधबार पक्राउ गरेको हो। पक्राउपछि उनलाई रामेछाप जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतबाट आठ दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल राउतका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ। प्रहरीले आरोपबारे अनुसन्धान अघि बढाइरहेको जनाएको छ। आरोप पुष्टि हुन भने अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा हुन बाँकी रहेको प्रहरीले स्पष्ट पारेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP