चर्चामा
काठमाडौं । गायिका एलिना चौहान ले आफ्नो विगतलाई बारम्बार उचालेर समाचार नबनाउन सञ्चारकर्मी तथा मिडियाकर्मीहरूलाई आग्रह गरेकी छन् ।
सामाजिक सञ्जालमा आफ्नो भावुक तस्बिर सार्वजनिक गर्दै चौहानले आफू विगतका घटनाहरू बिर्सेर जीवनमा अगाडि बढिसकेको उल्लेख गरेकी छन् । उनले पुराना विषय र तस्बिर प्रयोग गरेर समाचार बनाउँदा आफ्ना पुराना घाउ फेरि बल्झिने गरेको बताएकी छन् ।
चौहानले आफ्नो पहिचान बनाउन कसैको नाम वा विगतका सम्बन्धको सहारा आवश्यक नरहेको भन्दै वर्तमानलाई सम्मान गर्न आग्रह गरेकी छन् । “मेरो विगत मेरो जीवनको एउटा अध्याय हो, सम्पूर्ण जीवन होइन,” उनले लेखेकी छन् ।
साथै, आफ्नो आत्मसम्मानमा आँच पुर्याउने तथा भ्रामक समाचारहरू प्रकाशन–प्रसारण गर्ने मिडिया र सम्बन्धित व्यक्तिविरुद्ध अब प्रचलित कानुनअनुसार कानुनी उपचारमा जाने चेतावनीसमेत दिएकी छन् ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देश राजनीतिक, आर्थिक तथा सामाजिक संकटमा रहेको निष्कर्षसहित दुई ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!