च्याउ टिप्न जंगल गएका चौधरीको बाघको आक्रमणबाट मृत्यु

च्याउ टिप्न जंगल गएका चौधरीको बाघको आक्रमणबाट मृत्यु

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका-६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गौरीगंगा-६ चरीडाँडा निवासी ४० वर्षीय कृष्ण चौधरी रहेका छन्। प्रहरीका अनुसार चौधरी शुक्रबार बिहान करिब ५ बजे च्याउ टिप्न सामुदायिक वनमा गएका थिए। च्याउ टिप्ने क्रममा बाघले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

 

घटनाबारे बिहान ८:०५ बजे इलाका प्रहरी कार्यालय चौमालामा जानकारी प्राप्त भएपछि प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको कमान्डमा चार जनाको टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोली बिहान ८:४५ बजे घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय चौमालाबाट करिब १३ किलोमिटर दक्षिण-पश्चिममा पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP