प्रभु बैंकका सीईओ शर्माविरुद्ध पर्सामा फौजदारी अभियोग

प्रभु बैंकका सीईओ शर्माविरुद्ध पर्सामा फौजदारी अभियोग

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माविरुद्ध पर्सा जिल्ला अदालतमा फौजदारी अभियोग दर्ता भएको छ।

तत्कालीन सनराइज बैंकको नेतृत्वमा रहँदा कर्जा प्रवाह प्रक्रियामा अनियमितता तथा चलखेल गरेको आरोपमा उनीसहित अन्य व्यक्तिविरुद्ध मुद्दा दायर गरिएको हो। अभियोगमा नियमविपरीत ऋण स्वीकृत गरी बैंकलाई हानि–नोक्सानी पुर्‍याएको दाबी गरिएको छ। 

तीन दशकभन्दा बढी बैंकिङ अनुभव भएका शर्मा यसअघि सनराइज बैंक र माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। हाल उनी प्रभु बैंकको नेतृत्व गरिरहेका छन्। 

यसअघि पनि शर्माको नाम विभिन्न बैंकिङ विवाद र कानुनी प्रक्रियासँग जोडिँदै आएको थियो। हाल दर्ता भएको फौजदारी अभियोगमाथि अदालतमा कानुनी प्रक्रिया अगाडि बढिरहेको छ। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP