चर्चामा
काठमाडौं । साताको सुरुआतदेखि लगातार घटेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बिहीबार सामान्य अंकले बढेको छ। बिहीबार नेप्से ०.२६ अंकले बढेर बजार सकारात्मक बनेको हो।
सोमबार, मंगलबार र बुधबार लगातार घटेको बजारमा बिहीबार बैंक तथा वित्तीय संस्थाका सेयर मूल्य बढेपछि त्यसको प्रभाव समग्र सूचकमा परेको हो।
यस दिन बैंकिङ, विकास बैंक र फाइनान्स समूहका सेयर मूल्य बढेका छन्। नेप्सेमा कारोबार भएका १ सय ३९ कम्पनीको सेयर मूल्य बढ्दा १ सय २८ कम्पनीको घटेको छ। १२ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ४ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बुधबार ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बिहीबार सबैभन्दा धेरै सेयर मूल्य बढ्ने कम्पनीमा सिन्धु विकास बैंक रहेको छ। यसको सेयर मूल्य १०.८१ प्रतिशतले बढेको छ। अघिल्लो दिन पनि सिन्धु विकास बैंकको सेयर मूल्य १४ प्रतिशतभन्दा बढी बढेको थियो।
समूहगत परिसूचकमा बैंकिङ ५.९२, विकास बैंक १२.१९, वित्त ४.२३ र जलविद्युत् १.३० अंकले बढेका छन्।
यस्तै, होटल ९.९८, जीवन बीमा १२.७०, उत्पादनमूलक ८.३३, लघुवित्त १.३२, सामूहिक लगानी कोष ०.०५, निर्जीवन बीमा ४८.२४, अन्य ५.९२ र व्यापार समूह ३४.३२ अंकले घटेका छन्।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!