चर्चामा
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको सर्भर डाउन हुँदा राहदानीसम्बन्धी सेवा प्रभावित भएको छ।
विभागका कर्मचारीका अनुसार इन्टरनेटमा समस्या आएपछि सर्भरमा पहुँच नहुँदा बायोमेट्रिकलगायतका काम रोकिएका छन्। समस्या समाधानका लागि इन्टरनेट सेवा प्रदायक सुबिसुका प्राविधिक कर्मचारी विभाग पुगेका छन्।
विभागका एक उच्च अधिकारीले इन्टरनेटमा समस्या देखिएको र प्राविधिक टोलीले समाधानको प्रयास गरिरहेको जानकारी दिए।
यद्यपि, इन्टरनेट आवश्यक नपर्ने अन्य अफलाइन कामहरू भने सञ्चालनमा रहेको विभागले जनाएको छ। समाचार तयार पार्दासम्म राहदानी विभागले यसबारे औपचारिक सूचना जारी गरेको छैन।
काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!