चर्चामा
रुपन्देहीमा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको २ करोड ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको सुनका गहनासहित एक महिला पक्राउ परेकी छन्। सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा सिद्धार्थनगर-१ स्थित शान्तिगेट चेकप्वाइन्टमा जाँच गर्दा काठमाडौं महानगरपालिका-१९ की ४६ वर्षीया ईला पटेलको साथबाट सुनजस्तो देखिने विभिन्न गहना बरामद गरेको हो। बरामद गहनाको तौल २ किलो ६०५ ग्राम रहे पनि परीक्षण गर्दा १ किलोग्राम शुद्ध सुन रहेको पुष्टि भएको छ। यसको बजार मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ कायम गरिएको छ।
काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!