चाडबाडअघि नै तातोपानी नाका खोल्न नेपालको प्रस्ताव, तर चीनले देखायो यस्तो चासो !

चाडबाडअघि नै तातोपानी नाका खोल्न  नेपालको प्रस्ताव, तर चीनले देखायो यस्तो चासो !

काठमाडौँ। आगामी मुख्य चाडपर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै बन्द रहेका उत्तरी नाका सञ्चालनमा ल्याउन नेपाल सरकारले कूटनीतिक पहल तीव्र पारेको छ। नाका बन्द हुँदा नेपाल-चीन द्विपक्षीय व्यापार ठप्प भई बजारमा अत्यावश्यक सामानको अभाव र मूल्यवृद्धि हुनसक्ने जोखिम बढेपछि सरकारले तत्काल तातोपानी नाका खुलाउन चीनसमक्ष प्रस्ताव गरेको हो।

नेपालले दसैँ-तिहारअघि नै मुख्य व्यापारिक मार्ग तातोपानी नाका सञ्चालनमा ल्याउन जोड दिए पनि चिनियाँ पक्षले भने फरक चासो देखाएको छ। सम्बद्ध अधिकारीहरूका अनुसार चिनियाँ पक्षले मुस्ताङस्थित कोरला नाकालाई स्थायी रूपमा सञ्चालनमा ल्याउने र त्यसतर्फ जोड्ने सडकको भौतिक अवस्था अवलोकन गर्ने इच्छा व्यक्त गरेको छ।

चाडबाडको सम्मुखमा सामान आयात प्रभावित हुँदा उपभोक्तालाई प्रत्यक्ष मार पर्ने भएकाले नेपाल तत्कालका लागि तातोपानी नाका सञ्चालनमा ल्याउने पक्षमा छ। यता चीन भने दीर्घकालीन व्यापारिक दृष्टिकोणका साथ कोरला नाकाको पूर्वाधार र स्तरोन्नतिलाई प्राथमिकता दिन इच्छुक देखिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

दशैँ सकेर काठमाडौं फर्किनेको चाप बढ्यो, नाकामा भिडभाड
एक घण्टा अगाडि

काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...

छुटाउनुभयो कि ?

TOP