फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु

फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

अर्जुनचौपारी गाउँपालिका-५ आरुचौरकी ३४ वर्षीया शान्ती सिग्देललाई बुधबार बिहान करिब ८ बजे फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

करेन्ट लागेर घाइते भएकी सिग्देललाई उपचारका लागि आँधीखोला गाउँपालिका-१ स्थित पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएकोमा चिकित्सकले उनलाई दिउँसो मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP