चर्चामा
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको विवादास्पद अडियोबारे स्पष्टीकरण दिएकी छन्।
बिहीबार संघीय संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरूले अडियो प्रकरणबारे प्रश्न उठाएपछि मन्त्री चौधरीले अडियोमा कुराकानी गरेका व्यक्तिहरूसँग आफ्नो कुनै व्यक्तिगत वा पारिवारिक सम्बन्ध नरहेको दाबी गरिन्। समितिको उक्त बैठकमा मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची थियो।
यसअघि सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोमा दुई व्यक्तिले कृषिमन्त्री चौधरी, गृहमन्त्री सुधन गुरुङ, रास्वपा सांसद ठाकुरसिंह थारुलगायतको नाम लिँदै लेनदेनसम्बन्धी कुराकानी गरेको सुनिने दाबी गरिएको थियो। अडियोमा बोल्ने एक व्यक्तिले मन्त्री चौधरीलाई आफ्नो 'मामाकी छोरी' भनेर उल्लेख गरेको बताइएको छ।
समितिको बैठकमा यसबारे जवाफ दिँदै मन्त्री चौधरीले अडियोमा बोल्ने व्यक्तिहरूसँग आफ्नो चिनजानसमेत नरहेको बताइन्।
'अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन । व्यक्तिगत, पारिवारिक कुनै सम्बन्ध छैन,' उनले भनिन्।
मन्त्री चौधरीले उक्त विषय कानुनी प्रक्रियामा गइसकेको र अनुसन्धान भइरहेको भन्दै अनुसन्धानको निष्कर्ष नआएसम्म यसबारे थप टिप्पणी गर्न नमिल्ने बताइन्।
उनले आफू लामो समयदेखि सुशासनका पक्षमा काम गर्दै आएको उल्लेख गर्दै आरोप वा टिप्पणीभन्दा प्रमाणका आधारमा विषय उठाउन आग्रह गरिन्।
\हामी सुशासनका लागि आएका हौं । टीकाटिप्पणी गर्नुभन्दा पनि प्रमाण छ भने म फेस गर्न तयार छु,' उनले भनिन्।
मन्त्री चौधरीले सञ्चारमाध्यमलाई पनि कुनै विषय सार्वजनिक गर्नुअघि त्यसको सत्यतथ्य बुझ्न आग्रह गरेकी छन्।
यसअघि पनि चौधरीले मन्त्रालयका नियमित कामकारबाहीमा सक्रियता देखाउँदै आएकी छन्। मन्त्रालयका अनुसार पछिल्लो समय उनले रासायनिक मलको आपूर्ति, बाढी प्रभावितका लागि राहत तथा जलवायु नीतिसहितका विषयमा काम गरिरहेकी छन्।
काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!