चर्चामा
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका-३, लालभित्तीस्थित औरही खोला किनारमा टिपर पल्टिँदा क्रसर सञ्चालकको मृत्यु भएको छ
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार औरही बाबा बालुवा प्रशोधन उद्योगभित्र ग्राभेल लोड गरिएको टिपर पल्टिँदा त्यसमा रहेको बालुवा तथा गिट्टीले पुरिएर क्रसर सञ्चालक ३८ वर्षीय हरि महतोको मृत्यु भएको हो।
बुधबार साँझ प्रदेश २-०२-००१ ख ०१७१ नम्बरको टिपरमा ग्राभेल भर्ने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। टिपर पल्टिएपछि महतो त्यसमा रहेको ग्राभेलले पुरिएका थिए।
गम्भीर घाइते भएका महतोलाई तत्काल उद्धार गरी उपचारका लागि जानकी मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा टिपर चालक गणेशमान चारनाथ नगरपालिका-६ का ३० वर्षीय हरि विकको खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!