१५औँ महाधिवेशन : काठमाडौं–४ मा निर्वाचित कांग्रेसका पदाधिकारीलाई प्रमाणपत्र वितरण

१५औँ महाधिवेशन : काठमाडौं–४ मा निर्वाचित कांग्रेसका पदाधिकारीलाई प्रमाणपत्र वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ४ मा निर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।

बुढानीलकण्ठ नगरपालिका–१० स्थित कोटवारी रिसोर्टमा आयोजित कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत विभिन्न तहमा निर्वाचित सम्पूर्ण पदाधिकारी तथा प्रतिनिधिहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो।

काठमाडौं–४ अन्तर्गत वडा, गाउँपालिका तथा नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्। त्यसैगरी प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया पनि सम्पन्न गरी क्षेत्रीय प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भइसकेका छन्।

सोही क्रममा काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत निर्वाचित प्रदेशका सम्पूर्ण प्रतिनिधि, क्षेत्रीय तहका सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई कार्यक्रममा अबिर तथा रङ्ग लगाएर सम्मान गर्दै प्रमाणपत्र प्रदान गरिएको हो।

कार्यक्रममा निर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रमाणपत्र वितरणमार्फत अधिवेशन प्रक्रियाबाट निर्वाचित प्रतिनिधिहरूलाई औपचारिक रूपमा सम्मान गरिएको आयोजकले जनाएको छ।

बुढानीलकण्ठ नगरपालिका–१० का इकाइ सभापति श्याम तिमल्सिनाका अनुसार काठमाडौं क्षेत्र नम्बर ४ अन्तर्गत वडा तहदेखि क्षेत्रीय तहसम्म सम्पन्न निर्वाचन प्रक्रियाबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा प्रतिनिधिहरूलाई एकै ठाउँमा भेला गराई प्रमाणपत्र वितरण गरिएको हो।

निर्वाचन संयोजक तुलसा नेपालको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभर भने अधिवेशन प्रक्रिया जारी छ। कांग्रेसको पछिल्लो आधिकारिक सूचनाअनुसार वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न हुँदै गएसँगै विभिन्न क्षेत्रमा प्रदेश सभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढिरहेको छ। भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएकाले सबै क्षेत्रमा एउटै समयमा प्रक्रिया सम्पन्न हुन सकेको छैन।

काठमाडौं क्षेत्र नम्बर ४ मा भने उक्त प्रक्रिया सम्पन्न भइसकेपछि निर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गरिएको हो।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन कार्यक्रम असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने तय गरिएको छ। यसअघि असोज १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका रहे पनि केही क्षेत्रमा अधिवेशन प्रक्रिया प्रभावित भएपछि उद्घाटन मिति असोज १८ गतेका लागि तय गरिएको कांग्रेसले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP