रविभवनमा मर्निङ वाकमा निस्किएकी महिलालाई ठक्कर दिएर सवारी फरार

रविभवनमा मर्निङ वाकमा निस्किएकी महिलालाई ठक्कर दिएर सवारी फरार

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ स्थित रविभवनमा सवारीको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छन्। ठक्कर दिएपछि चालक सवारीसहित फरार भएका छन्।

बिहीबार बिहान करिब ४ बजेर ९ मिनेटमा मर्निङ वाकमा निस्किएकी करिब ६५ वर्षीया महिलालाई अज्ञात सवारीले ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा महिलाको टाउको र मुखमा गम्भीर चोट लागेको छ। दुर्घटनापछि उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ, जहाँ उनको उपचार भइरहेको छ।

घाइते महिला बोल्न नसक्ने अवस्थामा रहेकाले तत्काल उनको परिचय खुल्न नसकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताएका छन्।

घटनामा संलग्न सवारी तथा चालकको प्रहरीले खोजी गरिरहेको छ। प्रारम्भिक रूपमा घटनास्थल आसपासका सीसीटीभी फुटेज हेर्दा स्कुटरले महिलालाई ठक्कर दिएको जस्तो देखिएको प्रहरी वृत्त कालीमाटीका डीएसपी नरेशकुमार सिंहले बताएका छन्।

सीसीटीभी फुटेजको थप अध्ययन तथा अनुसन्धानबाट दुर्घटनामा संलग्न सवारीको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले फरार चालक र सवारीको खोजी तीव्र बनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
17 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP