चर्चामा
काठमाडौ ।टोखा नगरपालिकाभित्रका वडा नम्बर १, २, ३, १० र ११ मा सञ्चालित विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गर्ने कार्यक्रम बिहीबार सम्पन्न भएको छ।
यसअघि नगरपालिकाका अन्य वडाका विद्यालय बालमैत्री घोषणा भइसकेकाले बिहीबारको घोषणासँगै टोखा नगरपालिका पूर्ण रूपमा बालमैत्री विद्यालय घोषणा भएको छ।
नगरपालिकाको शिक्षा विभागद्वारा आयोजित कार्यक्रममा शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले बालमैत्री घोषणा भएका विद्यालयलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन्। उनले बालबालिकाको अधिकार, सुरक्षा, सहभागिता र गुणस्तरीय सिकाइ सुनिश्चित गर्न बालमैत्री विद्यालय अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए।
बालमैत्री घोषणा भएका वडाभित्र सञ्चालित विद्यालयलाई नगरपालिकाले प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गराएको छ। उक्त प्रतिबद्धता उल्लंघन गर्ने विद्यालयले आवश्यक कारबाही भोग्नुपर्ने नगरपालिकाले जनाएको छ।
कार्यक्रममा बोल्दै कोइरालाले अब नगरपालिकाभित्रका सबै विद्यालयको नियमित अनुगमन गरिने र बालमैत्री विद्यालयसम्बन्धी मापदण्ड पूरा नगर्ने विद्यालयमाथि आवश्यक कारबाही गरिने स्पष्ट पारे।
कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका अध्यक्ष, प्रधानाध्यापक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो। सहभागीहरूले नगरपालिकाको यस अभियानप्रति खुसी व्यक्त गर्दै बालमैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहने बताएका थिए।
शिक्षा अधिकृत खगेन्द्रसिंह धामीले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ शिक्षा अधिकृत दुर्गादेवी खड्काको समेत सहभागिता रहेको थियो। कार्यक्रम शिक्षा विभाग प्रमुख सिताराम कोइरालाको सभापतित्वमा सम्पन्न भएको हो।
काठमाडौं । प्रतिनिधि सभाले तीन वटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। बिहीब ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!