चर्चामा
लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ की २३ वर्षीया सोविता मिजारको उपचारका क्रममा निधन भएपछि आर्थिक अभावका कारण उनको पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै रोकिएको छ। उपचारबापतको बाँकी रकम तिर्न नसक्दा परिवारले शव घर लैजान सकेको छैन।
परिवारका अनुसार सोविताको उपचारमा हालसम्म करिब ३ लाख रुपैयाँ खर्च भइसकेको छ भने अस्पताल र फार्मेसीतर्फ गरी थप ५ लाख ७३ हजार ४८० रुपैयाँ भुक्तानी गर्न बाँकी छ। सुरुमा कम खर्च लाग्ने भनिए पनि उपचारका क्रममा खर्च बढेको परिवारको भनाइ छ।
सोविताको निधनपछि चितवन मेडिकल कलेजमा शव राख्ने ठाउँको अभाव भएपछि पार्थिव शरीर सरकारी अस्पतालमा राखिएको जनाइएको छ। बाँकी रकम जुटाएर अस्पतालको बिल तिरेपछि शव लमजुङ लगेर अन्तिम संस्कार गर्ने परिवारको तयारी छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!