रारा चाउचाउको एक ब्याच बजारबाट फिर्ता गर्न निर्देशन

रारा चाउचाउको एक ब्याच बजारबाट फिर्ता गर्न निर्देशन
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्डविपरीत भेटिएको रारा इन्स्ट्यान्ट चाउचाउको एक ब्याच बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।विभागको प्रयोगशाला परीक्षणमा ६० ग्रामको रारा चाउचाउ तोकिएको खाद्य गुणस्तर मापदण्डअनुसार नभएको पाइएपछि उत्पादन तथा बिक्री–वितरण रोक्न निर्देशन दिइएको हो। प्रभावित चाउचाउ हिमगिरी फुड्स प्रालि, पोखरा औद्योगिक क्षेत्रले उत्पादन गरेको हो।सम्बन्धित उत्पादनको ब्याच नम्बर REG 01 र उत्पादन मिति ५ फेब्रुअरी २०२६ रहेको छ। विभागले उक्त ब्याचका चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न तथा बिक्री–वितरण नगर्न निर्देशन दिएको छ। उपभोक्तालाई पनि उक्त ब्याचको चाउचाउ नकिन्न र प्रयोग नगर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP