पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग आज दिउँसो १ बजेदेखि पूर्णरूपमा खुल्ने !

पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग आज दिउँसो १ बजेदेखि पूर्णरूपमा खुल्ने !

पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग आज अपराह्न १ बजेदेखि पूर्णरूपमा सञ्चालनमा आउने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार सडकमा थप पहिरो वा अन्य कुनै अवरोध नआएमा १ बजेदेखि राजमार्गमा सवारीसाधन नियमित रूपमा सञ्चालन गर्न सकिनेछ। सडक खुलाउने तथा अवरोध हटाउने काम भइरहेको प्रशासनले जनाएको छ। प्रशासनले राजमार्ग हुँदै यात्रा गर्ने यात्रुलाई मौसम र सडकको अवस्थाबारे जानकारी लिएर सावधानीपूर्वक यात्रा गर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सर्बियामा विद्यार्थी आन्दोलनको जितले सत्ता उल्टियो, बुचिचको १४ वर्षे शासन अन्त्य?
7 मिनेट अगाडि

काठमाडौं । भ्रष्टाचारविरोधी आन्दोलनबाट जन्मिएको विद्यार्थी नेतृत्वको चुनावी अभियानले सर्बियाको राजनी ...

छुटाउनुभयो कि ?

TOP