ऐश्वर्य बहुमुखी क्याम्पसमा शिक्षक–विद्यार्थी संयुक्त अनुसन्धान प्रतिवेदन प्रस्तुतीकरण

ऐश्वर्य बहुमुखी क्याम्पसमा शिक्षक–विद्यार्थी संयुक्त अनुसन्धान प्रतिवेदन प्रस्तुतीकरण

धनगढी, १४ असोज । ऐश्वर्य बहुमुखी क्याम्पस, धनगढीमा शिक्षक-विद्यार्थी संयुक्त अनुसन्धान प्रतिवेदन प्रस्तुतीकरण तथा प्रसार कार्यक्रम सम्पन्न भएको छ।

क्याम्पसको अनुसन्धान व्यवस्थापन सेल (RMC) को आयोजनामा भएको कार्यक्रममा शैक्षिक वर्ष २०८२/०८३ मा शिक्षक र विद्यार्थीको सहकार्यमा सम्पन्न पाँचवटा अनुसन्धान परियोजनाका प्रतिवेदन प्रस्तुत गरिएको थियो।

कार्यक्रममा अनुसन्धानमा संलग्न शिक्षक तथा विद्यार्थीहरूले अनुसन्धानका उद्देश्य, विधि, प्रमुख निष्कर्ष तथा सुझाव प्रस्तुत गरेका थिए। प्रस्तुत अनुसन्धानमा तरकारीमा कीटनाशक औषधिको मात्रा तथा सावधानीका उपाय, गोदावरी नगरपालिकामा मौसमी जलवायु परिवर्तनका सामाजिक तथा वातावरणीय प्रभाव, विदेशी वनस्पति प्रजातिको स्थानीय वातावरणमा प्रभाव, धनगढीका सामुदायिक वनमा पुतली विविधताको अध्ययन तथा माछा बजारीकरण र उपभोक्ताको रुचिसम्बन्धी विषय समेटिएका थिए।

अनुसन्धानमा भुवन न्यौपाने, गोमा चौधरी, दीपक राज जोशी, राजेशबहादुर मल्ल र दीक्षा भाटलगायत विद्यार्थीको सहभागिता रहेको थियो।

कार्यक्रममा अनुसन्धानका निष्कर्षलाई समुदाय र सरोकारवालासम्म पुर्‍याउँदा स्वास्थ्य, वातावरण, जैविक विविधता तथा उपभोक्ता व्यवहारसम्बन्धी जनचेतना अभिवृद्धिमा सहयोग पुग्ने बताइएको थियो।

ऐश्वर्य बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रा. डा. रघुबीर भट्टले अनुसन्धानको महत्त्वबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा पत्रकार, विद्यार्थी तथा स्थानीय समुदायका प्रतिनिधिहरूले अनुसन्धानका विषयमा जिज्ञासा तथा प्रश्न राखेका थिए।

कार्यक्रमको अध्यक्षता विभागीय प्रमुख जंगबहादुर कठायतले गर्नुभएको थियो। क्याम्पस प्रमुख नरेश पन्तले क्याम्पसमा अनुसन्धान संस्कृतिको विकास हुँदै गएको बताउँदै कक्षाकोठामा प्राप्त ज्ञानलाई अनुसन्धानमार्फत समाजसम्म पुर्‍याउने कार्य महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सरकारी महिला कर्मचारीलाई महिनावारी बिदा दिने प्रस्ताव, कति दिन पाइन्छ ?
11 घण्टा अगाडि

काठमाडौं । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गरेसँगै महिला कर्मचारीका लागि प्रस्तावित ...

छुटाउनुभयो कि ?

TOP