चर्चामा
झापामा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै दैनिक उपभोग्य वस्तुमा छुटसहित सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामलमा प्रतिकिलो ५ रुपैयाँ तथा नुनमा २ रुपैयाँ छुट दिने व्यवस्था गरेका छन्। जिरा मसिनो चामल प्रतिकिलो ८५ रुपैयाँ र सोना मन्सुली चामल ५७ रुपैयाँमा बिक्री भइरहेको छ।
चाडपर्वका बेला उपभोक्तालाई राहत दिन सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराइएको जनाइएको छ। साथै, कृत्रिम अभाव र कालोबजारी रोक्न बजार अनुगमनलाई समेत प्रभावकारी बनाइने प्रशासनले जनाएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!