डडेलधुरामा प्रहरी जवान मृत फेला

डडेलधुरामा प्रहरी जवान मृत फेला

डडेलधुरा। डडेलधुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। बैतडीको सिगास गाउँपालिका-३ घर भएका तथा जिल्ला प्रहरी कार्यालय डडेलधुरामा कार्यरत प्रहरी जवान ठगेन्द्रसिंह बोहरा मृत भेटिएका हुन्।

चितवन दरबन्दी भएका बोहरा अमरगढी नगरपालिका-५ स्थित ऋषि खोला सामुदायिक वनमा झुन्डिएको अवस्थामा मृत फेला परेको डडेलधुरा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाअघि बोहराले झुन्डिन लागेको तस्बिर श्रीमतीलाई पठाएका थिए। त्यसपछि श्रीमतीले प्रहरीलाई खबर गरेपछि खोजी गर्ने क्रममा उनी मृत अवस्थामा फेला परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
15 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP