धनकुटामा तास खेलिरहेका श्रम संस्कृतिका नेतासहित आठ जना पक्राउ

धनकुटामा तास खेलिरहेका श्रम संस्कृतिका नेतासहित आठ जना पक्राउ

धनकुटा । धनकुटामा तास खेलिरहेको अवस्थामा श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका-१ हिलेस्थित सिताराम श्रेष्ठको पाँचतले घरको भूमिगत कोठामा तास खेलिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली पुगेको थियो ।

तास खेलिरहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका-१ का ४४ वर्षीय मगरसहित ५२ वर्षीय मोहनबहादुर विक, ४५ वर्षीय रमेश राई, ३८ वर्षीय सविन तामाङ र ५३ वर्षीय रमेश भण्डारी छन् । त्यस्तै, धनकुटा नगरपालिका-२ का ३२ वर्षीय दिपेन्द्र मगर, धनकुटा नगरपालिका-१० का ५० वर्षीय रमेश कार्की र महालक्ष्मी नगरपालिका-८ का ३६ वर्षीय रामकाजी विक पनि पक्राउ परेका छन् ।

प्रहरीले घटनास्थलबाट १ लाख १४ हजार ५ सय ५० रुपैयाँ नगद, चार बुङ खुला तास र विभिन्न अंक लेखिएका ११९ वटा गोटी बरामद गरेको जनाएको छ । बरामद गोटीमध्ये ५ अंक लेखिएका ५९ वटा, २० अंकका २० वटा, ५० अंकका २० वटा र ५०० अंकका २० वटा रहेका छन् । पक्राउ परेका व्यक्तिहरू तथा बरामद सामग्री जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रञ्जितकारले बताए ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP