पास्नीभोजमा भएको विवादमा कुटपिटबाट ५२ वर्षीय बोहराको मृत्यु, शव भीरमा फालिएको खुलासा

पास्नीभोजमा भएको विवादमा कुटपिटबाट ५२ वर्षीय बोहराको मृत्यु, शव भीरमा फालिएको खुलासा

कैलाली । कैलालीको चुरे गाउँपालिका-१ निगालीमा पास्नीभोजका क्रममा भएको विवादमा कुटपिटबाट ५२ वर्षीय यज्ञबहादुर बोहराको मृत्यु भएको खुलेको छ। घटना लुकाउन उनको शव भीरबाट फालिएको प्रहरी अनुसन्धानबाट खुलेको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार गत असोज ५ गते नातेदार धनबहादुर बोहराको नातिको पास्नीमा सहभागी हुन पुगेका यज्ञबहादुर सोही दिनदेखि बेपत्ता भएका थिए। खोजी गर्ने क्रममा उनको शव तुलिखेत जंगलस्थित भीरमा फेला परेको थियो।

मृतकका छोराले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ। पास्नीभोजका क्रममा मदिरा सेवनपछि विवाद हुँदा कुटपिट भएको र त्यसपछि शव भीरमा फालिएको आशंकामा प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ।

पक्राउ पर्नेमा घरमूली धनबहादुर बोहरा, मानबहादुर बोहरा, गोविन्द बोहरा, अर्का यज्ञबहादुर बोहरा, दिलीप धामी, रामबहादुर बोहरा, गम्भीर बोहरा र तिलक जेठारा रहेका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP