अन्डरवेयरमा लुकाएर ल्याएको ४२२ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरमा लुकाएर ल्याएको ४२२ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४२२.५ ग्राम सुनको अर्धठोस पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। भारतको मुम्बईबाट इन्डिगो एयरको विमानमार्फत काठमाडौं आएका दिल्लीस्थित हवेली आजम खान जामा मस्जिद ठेगाना भएका भारतीय नागरिक अस्लम शौकतलाई विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो।

विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार शौकतलाई सोमबार दिउँसो करिब २ः५२ बजे शंकास्पद गतिविधि देखिएपछि जाँच गरिएको थियो। जाँचका क्रममा उनले अन्डरवेयरमा लुकाएर ल्याएको अवस्थामा करिब ४२२.५ ग्राम सुनको अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका शौकतलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP