चर्चामा
काठमाडौँ । दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता-२०८३' को ट्रफी सार्वजनिक गरिएको छ। प्रतियोगिता आजदेखि लुम्बिनी प्रदेशको बुटवलमा सुरु हुँदैछ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुने प्रतियोगिता असोज १२ देखि १७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपाल, भारत र श्रीलंकाका गरी ८ पुरुष भलिबल टोली सहभागी हुँदैछन्।
प्रतियोगितामा नेपालबाट नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, मणिमुकुन्द भलिबल क्लब, सभापोखरी भलिबल क्लब र गल्कोट भलिबल क्लब सहभागी छन्। भारतबाट गुजरात स्टेट भलिबल एसोसिएसन र खैरा क्लब पन्जाब तथा श्रीलंकाबाट श्रीलंका पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेताले रनिङ शिल्डसहित ७ लाख रुपैयाँ, उपविजेताले ३ लाख ५० हजार, तेस्रो हुने टोलीले १ लाख ७५ हजार र सान्त्वना हुने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडीलाई १५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिता दुई समूहमा विभाजन गरी लिगकम नकआउट प्रणालीमा सञ्चालन हुनेछ। प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ५३ लाख ४४ हजार ९०० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
यस प्रतियोगिताले नेपाली भलिबलको विकाससँगै प्रतिभाशाली खेलाडीको पहिचान र छिमेकी मुलुकसँगको खेल सम्बन्ध विस्तारमा योगदान पुग्ने आयोजकको विश्वास छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!