चर्चामा
मनाङ । अविरल वर्षापछि घट्टेखोलामा आएको लेदोसहितको ढुंगा, गिट्टी र बालुवा थुप्रिएर तातोपानी क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदीको पानी आंशिक रूपमा बग्न थालेको छ। प्रहरीका अनुसार नदी थुनिएर बनेको तालबाट पानीको बहाव क्रमशः खुल्दै गएको हो। पानीको बहाव सहज बन्दै गए पनि नदी तटीय क्षेत्रका बासिन्दालाई अझै सतर्क रहन आग्रह गरिएको छ।
नासोँ गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार चार दिनदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्युत्, टेलिफोन तथा सडक सञ्जाल अवरुद्ध भएका छन्। विपद्का कारण स्थानीय सरकारसँगै सर्वसाधारणसमेत सञ्चार र यातायातबाट प्रभावित भएका छन्।
बाढीको बहाव घटेपछि नेपाली सेनाको ब्यारेक, सामुदायिक भवनलगायत सार्वजनिक स्थानमा आश्रय लिएका स्थानीय बासिन्दा घर तथा गाउँमा पुगेका क्षतिको अवस्था बुझ्न थालेका छन्।
प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले थुनिएको मर्स्याङ्दीको पानीको बहाव क्रमशः खुल्दै गएको बताए। सडक सम्पर्क विच्छेद रहेकाले स्काभेटर परिचालन गरी नदीको बहाव थप सहज बनाउने विषयमा छलफल भइरहेको उनले जानकारी दिए।
यसैबीच, बाढीले लमजुङ-मनाङ सीमा क्षेत्रमा रहेको ताल बजारमा क्षति पुर्याएको छ। निरन्तरको वर्षाका कारण ठाडो खोला र घट्टेखोलामा आएको बाढीले कटान गर्दा घर, पुल तथा सडकमा समेत क्षति पुगेको छ।
प्रशासनले मर्स्याङ्दी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई नदीको बहावमा फेरबदल आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
यसअघि विसं २०७८ जेठ १४ र असार १ गते घट्टेखोला, ठाडो खोला तथा मर्स्याङ्दी नदीमा आएको बाढीले समेत मनाङमा ठूलो भौतिक क्षति पुर्याएको थियो।
काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!