पहिरोले घर पुरिदा पाँच जनाको मृत्यु

पहिरोले घर पुरिदा पाँच जनाको मृत्यु

बागलुङ । बागलुङमा पहिरोले घर पुरिदा पाँच जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन । अविरल वर्षाका कारण बागलुङको तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक वेपत्ता र निसीखोला गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरी प्रमुख फडिन्द्र प्रसाईले जानकारी दिनुभयो । 

अविरल वर्षाका कारण तमानखोला गाउँपालिका-३ धर्नासुकमा घर पुरिदा ८० वर्षीय बुध्दिराज घर्ती र ६६ वर्षीया भिमदेवि घर्तीको मृत्यु भएको छ ।  यस्तै पहिरोले घर पुरिदा तमानखोला गाउँपालिका-४ सन्तरका ५० वर्षीय हस्तविर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । सोही पहिरोका कारण हस्तविर श्रीपालीको श्रीमती वेपत्ता हुनुभएको छ । 

यस्तै पहिरोले गोठ पुरिदा निसीखोला गाउँपालिका-६ रङ्गिलमा ५० वर्षीय सुर्ज बहादुर घर्तीको निधन भएको प्रहरीको भनाई छ 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रसुवा–भोटेकोशी बाढीले ७९ अर्बको निजी सम्पत्ति नष्ट
10 घण्टा अगाडि

काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...

छुटाउनुभयो कि ?

TOP