चर्चामा
काठमाडौं । नेपाल, भुटान र भारतको संयुक्त निर्माणमा बनेको फिल्म 'टनेल २६; का भुटानी कलाकार तथा निर्माण टोलीले गृहमन्त्री सुदन गुरुङसँग भेट गरेका छन्।
असोज २३ गतेदेखि नेपालमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको टोलीले मन्त्रालय पुगेर गृहमन्त्री गुरुङसँग भेट गरेको हो। भेटका क्रममा फिल्म, कलाकारिता तथा निर्माणका विभिन्न पक्षबारे कुराकानी भएको थियो।
सो अवसरमा गृहमन्त्री गुरुङले 'टनेल २६' टोलीलाई सफल प्रदर्शनको शुभकामना दिँदै फिल्मलाई नेपाल, भुटान र भारतबीचको सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई प्रतिनिधित्व गर्ने परियोजनाका रूपमा आफूले हेरेको बताए।
निर्माण टोलीले फिल्मको कथा सुरुङभित्र मानिसहरू फसेपछि उनीहरूले बाँच्नका लागि गर्ने संघर्षमा आधारित रहेको जानकारी गृहमन्त्रीलाई गराएको थियो।
फिल्म निर्माण पक्षले सार्वजनिक प्रदर्शनबाट प्राप्त आम्दानीको २५ प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेको छ।
फिल्म निर्माणमा नेपालको तर्फबाट अभिनेता प्रदीप खड्का र चौधरी ग्रुपका निर्वाण चौधरीले सहकार्य गरेका छन्। अभिनेता खड्का फिल्मका क्रिएटिभ निर्माताका रूपमा रहेका छन्।
'टनेल २६'लाई सङ्गे फिल्म्स र पिक एक्सभीले प्रस्तुत गरेका हुन्। फिल्ममा दोर्जी वाङ्चुक नेतृत्वको डोर्जिस प्रोडक्सन, प्रशान्त कुमार गुप्ता तथा कृष्ण गुप्ताको नेतृत्वको रेल्टिक पिक्चर्स, भुटान सरकारअन्तर्गतको सम्बन्धित निकाय तथा निर्देशक डीडी किन्लेको रोलिङ इमेज पिक्चर्सको सहकार्य रहेको छ।
फिल्मका कार्यकारी निर्माता दोर्जी वाङ्चुक हुन्। फिल्ममा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादाल लगायतका कलाकारको अभिनय रहेको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!