चर्चामा
बागलुङ । बागलुङको तमानखोला गाउँपालिका-४ लाम्लेलामा पहिरो जाँदा मानवीय क्षति भएको आशंका गरिएको छ। पहिरोमा केही व्यक्तिहरू पुरिएको सूचना प्राप्त भए पनि घटनास्थलमा सञ्चार सम्पर्क विच्छेद भएकाले क्षतिको यकिन विवरण आउन सकेको छैन।
तमानखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित परियारका अनुसार पहिरोमा मानिसहरू परेको जानकारी सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट प्राप्त भएको हो। तर घटनास्थलमा टेलिफोन नेटवर्क नहुँदा वास्तविक अवस्था बुझ्न कठिनाइ भइरहेको छ।
उनका अनुसार घटनास्थलतर्फ प्रहरी तथा अन्य सरोकारवाला टोली पठाइएको छ। तर पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै ठाउँ-ठाउँमा पहिरो गइरहेकाले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न समेत समस्या भइरहेको छ।
प्रमुख प्रशासकीय अधिकृत परियारले सामान्य अवस्थामा पनि उक्त क्षेत्रमा नेटवर्क कमजोर रहने र अहिले वर्षा तथा प्रतिकूल मौसमका कारण फोन सम्पर्क पूर्णरूपमा विच्छेद भएको बताए। वडाध्यक्षसँग समेत सम्पर्क हुन नसकेको उनले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय बागलुङले पनि उद्धार टोली घटनास्थलतर्फ पठाइएको जनाएको छ। घटनास्थलमा प्रहरी तथा स्थानीय टोली पुगेर अवस्था बुझ्ने प्रयास भइरहेको छ।
यसैबीच, आजै छिमेकी निसीखोला गाउँपालिका-३ हर्दरामा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३९ वर्षीया श्यामकुमारी विक तथा उनका छोराहरू १२ वर्षीय मनोज विक, ९ वर्षीय मुकेश विक र ५ वर्षीय निसन विक रहेका छन्।
तमानखोलाको पहिरोमा भएको सम्भावित मानवीय क्षतिको विस्तृत विवरण भने उद्धार टोली घटनास्थल पुगेपछि मात्र खुल्ने जनाइएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!